शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
आदरणीय देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण बुबा-आमा, दाजुभाइ, दिदीबहिनी, मेरा प्यारा विद्यार्थी भाइबहिनीहरू, कर्मठ गुरुबा-गुरुआमा तथा शिक्षक-शिक्षिका साथीहरू, शिक्षाप्रेमी अभिभावकज्यूहरू, कलेजका सम्मानित लगानीकर्ता महानुभावहरू तथा सम्पूर्ण शुभचिन्तक महानुभावहरूमा हार्दिक नमस्कार एवंम मंगलमय अभिवादन व्यक्त गर्दछौँ।
अँध्यारोमाथि उज्यालोको, असत्यमाथि सत्यको र निराशामाथि आशाको विजयको प्रतीक मानिने नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार), नेपालको मौलिक संवत नेपाल संवत ११४७ को नयाँ वर्ष तथा अगाध आस्था, निष्ठा र पवित्रताको पर्व छठ पर्व २०८३ को यसै पावन अवसरमा यहाँहरू सबैको सु/स्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति, सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
घर-आँगनमा झिलिमिली बत्तीको उज्यालो, मखमली र सयपत्री फूलको सुवास, भाइटीकाको आत्मीय स्नेह, नेपाल संवतको नयाँ सांस्कृतिक उत्साह र अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिई निष्ठापूर्वक मनाइने छठ पर्वको पवित्रताले हामी सबैको जीवनमा उज्यालो र सकारात्मक ऊर्जा थपोस। हाम्रा यी मौलिक पर्वहरूले आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र सामाजिक एकताको डोरीलाई अझ गहिरो र मजबुत बनाउन प्रेरणा प्रदान गरून् भन्ने हामी अपेक्षा गर्दछौँ।
शिक्षा नै समाज परिवर्तन, राष्ट्रको विकास र उज्ज्वल भविष्य निर्माणको पहिलो आधार हो। गीताञ्जली कलेज, नयाँ बजार, काठमाडौँ स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा, नैतिक मूल्यमान्यता, अनुशासन र समयसापेक्ष आधुनिक प्रविधिलाई आत्मसात् गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर समर्पित रहँदै आएको छ। यस शैक्षिक अभियानमा अहोरात्र खटिनुहुने सम्पूर्ण शिक्षक-शिक्षिका (गुरुबा-गुरुआमा),कलेजलाई निरन्तर सहयोग गर्नुहुने आदरणीय अभिभावકज्यूहरू र कलेजको उन्नयनमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा जोडिनुहुने सम्पूर्ण लगानीकर्ता महानुभावहरूको उच्च योगदानको हामी उच्च कदर गर्दछौँ।
चाडपर्वको यस उल्लासमय परिवेशले हामीलाई शैक्षिक गुणस्तरको स्तरलाई अझ उचाइमा पुर्याउन, बालबालिकाहरूको भित्री अन्तर्निहित क्षमतालाई प्रस्फुटित गराउन र समाजमा एक जिम्मेवार, सक्षम तथा ज्ञानवान् जनशक्ति तयार पार्न थप ऊर्जा प्रदान गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। एन प्याब्सनको केन्द्रीय सचिवको जिम्मेवारीबाट समेत देशको समग्र शैक्षिक विकास, नीतिगत सुधार र संस्थागत विद्यालयहरूको प्रवर्द्धनका लागि हामी सदैव कटिबद्ध रहेका छौँ।
आउनुहोस्, दीपावली र छठ पर्वको यस पवित्र अवसरमा हामी सबै मिलेर समाजमा ज्ञानको दीप प्रज्वलित गरौँ, हरेक विद्यार्थी भाइबहिनीको भविष्य उज्ज्वल बनाउन हातेमालो गरेर अगाडि बढौँ र शिक्षाको माध्यमबाट राष्ट्र निर्माणमा आ-आफ्नो तर्फबाट योगदान पुर्याउने संकल्प गरौँ।
पुनः एकपटक देश तथा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ! धन्यवाद।
शुभकामना प्रेषक:
वेद प्रसाद पन्त (प्रिन्सिपल: गीताञ्जली कलेज, नयाँ बजार, काठमाडौँ तथा एन प्याब्सन केन्द्रीय सचिव)
एवं सम्पूर्ण कलेज परिवार तथा एन प्याब्सन परिवार



प्रतिकृया दिनुहोस्