शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

श्रद्धेय दाजुभाइ तथा दिदीबहिनीहरू, व्यावसायिक साझेदार, लगानीकर्ता, शेयरधनी महानुभावहरू, कर्मचारी मित्रहरू एवं समस्त शुभचिन्तकहरूमा हार्दिक नमस्कार!

तिमिरमाथि उज्यालोको विजय गराउने उज्यालो र खुसीको पर्व शुभ दीपावली, हाम्रो मौलिक सांस्कृतिक पहिचान नेपाल संवत् ११४७ तथा निष्ठा र सूर्य उपासनाको महान् पर्व छठ २०८३ को पावन सुअवसरमा स्वदेश तथा विदेशका विभिन्न भूभागमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

भौगोलिक दूरीले हामीलाई जहाँसुकै पुर्याए तापनि हाम्रा सांस्कृतिक चाडपर्वहरूले हामीलाई सधैँ आफ्नो माटो, मौलिक संस्कार र भाइचाराको सूत्रमा बाँधिरहन्छन्। दीपावलीका झिलिमिली बत्तीहरू, नेपाल संवत्‌को नयाँ उमङ्ग र छठ पर्वको पवित्र भक्तिभावले हामीबीच आपसी सद्भाव,आत्मीयता र एकतालाई अझ मजबुत बनाउने विश्वास लिएको छु। परदेशमा रहेर पनि देशको अर्थतन्त्र, संस्कृति र समृद्धिका लागि योगदान पुर्‍याउनुहुने सम्पूर्ण नेपालीहरूप्रति म गहिरो सम्मान प्रकट गर्दछु।

यस खुसीको घडीमा, मलाई निरन्तर विश्वास र दरिलो साथ दिनुहुने कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज (Continental Trading Enterprises) का समस्त टिम तथा आदरणीय ग्राहकवर्ग; सिग्मा प्राइम इन्भेस्टमेन्ट प्रा. लि. (Sigma Prime Investment Pvt. Ltd.) का लगानीकर्ता एवं सहयोगी हातहरू; सिग्मा कलेज (Sigma College) का आदरणीय प्राध्यापक, कर्मचारी तथा प्रिय विद्यार्थी भाइबहिनीहरू; र साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (Shangri-la Development Bank Ltd.) को सञ्चालक समिति (Board of Directors), बैंक परिवार, आदरणीय शेयरधनी महानुभावहरू एवं समस्त ग्राहकवर्गहरूप्रति हृदयदेखि नै गहिरो आभार व्यक्त गर्दछु। यहाँहरूको विश्वास, सहकार्य र अटुट समर्पण नै मेरो सफलता र व्यावसायिक यात्राको मुख्य आधारशिला हो।

यी महान् चाडपर्वहरूले हाम्रा सम्पूर्ण दुःख-कष्ट र निराशालाई हरण गर्दै देशको आर्थिक तथा सामाजिक समृद्धिको साझा संकल्प पूरा गर्ने नयाँ प्रेरणा प्रदान गरून्। उज्यालोको यस पावन उत्सवले हामी सबैको जीवनमा नयाँ आशा, ऊर्जा, सकारात्मकता र सफलताको सञ्चार गरोस् भन्ने हार्दिक कामना गर्दछु।

जय मातृभूमि!

शुभकामना प्रेषक:

विष्णु प्रसाद ढकाल

  • वित्तीय निर्देशक – कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज
  • प्रबन्ध निर्देशक (MD) – सिग्मा प्राइम इन्भेस्टमेन्ट प्रा. लि.
  • सञ्चालक (Director) – सिग्मा कलेज
  • सञ्चालक (Board Director) – साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड