शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक शुभकामना!

शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक शुभकामना!

आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनी, ग्राहकवर्ग तथा सम्पूर्ण शुभचिन्तक महानुभावहरूमा हार्दिक नमस्कार।

अँध्यारोमाथि उज्यालोको, असत्यमाथि सत्यको र निराशामाथि आशाको विजयको प्रतीक मानिने नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार), नेपालको मौलिक संवत नेपाल संवत ११४७ को नयाँ वर्ष तथा अगाध आस्था, निष्ठा र पवित्रताको पर्व छठ पर्व २०८३ को यसै पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण क्षेत्रका आदरणीय व्यक्तित्वहरूमा सुख,शान्ति, सुस्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

घर-आँगनमा झिलिमिली बत्तीको उज्यालो, मखमली र सयपत्री फूलको सुवास, भाइटीकाको आत्मीय सम्बन्ध, नेपाल संवतको नयाँ उत्साह र अस्ताउँदो तथा उग्याउँदो सूर्यलाई अर्घ्य दिई मनाइने छठ पर्वको पवित्रताले हामी सबैको जीवनमा नयाँ उमङ्ग र भाइचाराको सन्देश फैलाओस्। हाम्रा यी मौलिक चाडपर्वहरूले एकापसमा सद्भाव, सहिष्णुता र सामाजिक एकताको डोरिलाई अझ मजबुत बनाउन मद्दत पुर्याउनेछन् भन्ने पूर्ण विश्वास लिएको छु।

विगत लामो समयदेखि बागबजार, काठमाडौँस्थित सुटमाला मार्फत यहाँहरूले देखाउनुभएको अगाध माया, विश्वास र सहयोगप्रति म हृदयदेखि नै आभार प्रकट गर्दछु। आगामी दिनहरूमा पनि यहाँहरूको यो स्नेह र साथ निरन्तर रहिरहनेछ भन्ने अपेक्षा राख्दछु।

पुनः एकपटक दीपावली, नेपाल संवत ११४७ र छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना!

राज कार्की, सञ्चालक — सुटमाला, बागबजार, काठमाडौँ