जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रामेछापमा ३५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–१ गोठगाउँ खुर्पाती टोल बस्ने २१ वर्षीय बिक्रम भुजेल रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बिक्रम भुजेलले ती महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि प्रहरी चौकी साँघुटारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। घटनापछि स्थानीय क्षेत्रमा चासो बढेको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ। पीडित महिलाको स्वास्थ्य परीक्षण तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।