नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा फरार प्रतिवादी पक्राउ

नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा फरार प्रतिवादी पक्राउ

काठमाडौं । सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा Lalitpur महानगरपालिका–३ आदर्श टोल बस्ने ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री उर्फ फरदिनान्द भ्यालेन्टाईन फेट्ज रहेका छन् ।

आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट लगायतका कागजात तयार गरी सरकारी छाप तथा दस्तखत कीर्ते गरेको मुद्दामा जिल्ला अदालत भक्तपुरले २०८२ वैशाख ३ गते उनलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

फैसला पछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ तिलगंगाबाट मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेको जनाएको छ ।