जबरजस्ती करणी अभियोगमा तीन जिल्लाबाट तीन जना पक्राउ

जबरजस्ती करणी अभियोगमा तीन जिल्लाबाट तीन जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लामा महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

Bardiya मा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका–६ गणतन्त्र टोल बस्ने २८ वर्षीय सुशिल सुनारलाई प्रहरीले पक्राउ गरेको छ । उजुरीपछि इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको टोलीले मंगलबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी Rolpa मा २२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँका ३६ वर्षीय राजु केसी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले मंगलबार राति उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै Solukhumbu मा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाकुलुङ गाउँपालिका–५ गुदेलका ३२ वर्षीय रसान्त कुलुङ पक्राउ परेका छन् । प्रहरी चौकी बुङबाट खटिएको टोलीले मंगलबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

तीनै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।