गुल्मीमा श्रीमतीको हत्या गरेको अभियोगमा पति पक्राउ

गुल्मीमा श्रीमतीको हत्या गरेको अभियोगमा पति पक्राउ


गुल्मीमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

ईस्मा गाउँपालिका–६ साहुघर बस्ने ४५ वर्षीय थमन बहादुर कुमाललाई आफ्नी ४३ वर्षीया श्रीमती एमी कुमालमाथि कुटपिट गरी हत्या गरेको आरोपमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

एमी कुमाल गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट धनार्जेबाट खटिएको प्रहरी टोलीले थमनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी एमीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

घटनापछि स्थानीय क्षेत्रमा स्तब्धता छाएको छ ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।