“पपुलिष्ट होइन, विधिसम्मत राजनीतिबाटै बलियो राष्ट्र निर्माण सम्भव” — मीनबहादुर शाही

“पपुलिष्ट होइन, विधिसम्मत राजनीतिबाटै बलियो राष्ट्र निर्माण सम्भव” — मीनबहादुर शाही

काठमाडौं, पुस ३० — नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रचार संयोजक मीनबहादुर शाही ले कानुनी राज्यको जग कमजोर बनाउने कुनै पनि किसिमको पपुलिष्ट राजनीति स्वीकार्य नहुने स्पष्ट सन्देश दिनुभएको छ।
उहाँले विधि, नियम र संस्थागत प्रणालीमा आधारित जिम्मेवार राजनीतिक अभ्यासबाट मात्रै दिगो र सुदृढ राष्ट्र निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै नेता शाहीले लोकतन्त्रको मजबुतीका लागि कानुनी शासनको सम्मान अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

“क्षणिक लोकप्रियताका लागि राज्यका संस्थाहरूलाई कमजोर बनाउने प्रवृत्तिले दीर्घकालीन रूपमा मुलुकलाई नै क्षति पुर्‍याउँछ,”
उहाँले स्पष्ट पार्नुभयो।

विधिको शासन र संस्थागत लोकतन्त्रमा जोड

नेता शाहीले लोकतन्त्रलाई सुदृढ बनाउन राजनीतिक नेतृत्वले संस्थागत प्रणालीलाई बलियो बनाउँदै उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेआवश्यकता औंल्याउनुभयो। कानुनी राज्यको सम्मान नगरी समृद्धि र स्थायित्व सम्भव नहुने उहाँको भनाइ थियो।

प्रेस स्वतन्त्रता र राजनीतिक नेतृत्वबीच सहकार्य आवश्यक

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे लगायत पदाधिकारी तथा सदस्यहरूले नेता शाहीको राजनीतिक भूमिकाको प्रशंसा गर्दै
लोकतन्त्र, प्रेस स्वतन्त्रता र जिम्मेवार राजनीतिक अभ्यासका पक्षमा सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागीहरूले कानुनी राज्य, स्वतन्त्र प्रेस र संस्थागत लोकतन्त्रको संरक्षणका लागि राजनीतिक नेतृत्व र सञ्चारकर्मीबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।