विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, ३ असार

कीर्तिपुर नगरपालिका-४ सल्यानस्थान बस्ने डडेल्धुरा अमरगढी नगरपालिका-१ घर भएकी देबकी ऐरको कोठाबाट ल्याप्टप १ थान, मोबा थान र नगद समेत गरी करिब १ लाख ९२ हजार रूपैयाँ बराबरको धमाल मंगलबार बिहान चोरी भएको छ ।

यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-१ बोसन बस्ने दिपक लाल गुरङको घरबाट करिब ५ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद गरी करिब लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।