गणतन्त्र दिवस २०८२ को विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले १५ जेठ २०८२ मा गर्नुभएको सम्बोधन
सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय उप–प्रधानमन्त्री तथा मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्य, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा विशिष्ट अतिथिज्यूहरू, जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरू ! स्वदेश एवम् विदेशमा रहनुभएका सम्पूर्ण...


