नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र लुम्बिनी बौद्ध बिश्वबिद्यालय (एलबीयू) बीच शैक्षिक– औद्योगिक सहकार्य सुदृढ गर्न तथा लुम्बिनीलाई विश्व शान्तिको गन्तव्यको रूपमा प्रवद्र्धन गर्न समझदारीपत्रमा हस्ताक्षर

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र लुम्बिनी बौद्ध बिश्वबिद्यालय (एलबीयू) बीच शैक्षिक– औद्योगिक सहकार्य सुदृढ गर्न तथा लुम्बिनीलाई विश्व शान्तिको गन्तव्यको रूपमा प्रवद्र्धन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडांै, श्रावण ४, २०८२ (२० जुलाई २०२५) — शैक्षिक र औद्योगिक क्षेत्रबीच सहकार्य मजबुत पार्न तथा लुम्बिनीलाई विश्व शान्ति र पर्यटनको केन्द्रको रूपमा प्रवद्र्धन गर्न नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र लुम्बिनी बौद्ध विश्वविद्यालय (एलबीयू) बीच समझदारीपत्रमा मा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्र आज नक्सालस्थित निक्कीको सचिवालयमा निक्कीका अध्यक्ष सुनिल केसी र एलबीयूका पउकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले हस्ताक्षर गर्नुभएको हो । समझदारीपत्रले शैक्षिक– औद्योगिक सहकार्य प्रवद्र्धन, इन्टर्नशिप तथा रोजगारीको अवसर उपलब्धतामा सहजीकरण गनर्,े संयुक्त अनुसन्धानात्मक कार्य तथा नवप्रवर्तन कार्यक्रमलाई प्रबद्र्धन गर्न,े ज्ञानको आदानप्रदान, संयुक्त अध्ययन र प्रकाशन, साथै लुम्बिनीलाई विश्व शान्तिको गन्तव्यको रूपमा स्थापित गर्ने तथा पर्यटनको प्रबद्र्धनमा सहकार्य गर्ने लगायतका प्रमुख क्षेत्रहरूलाई समेटेको छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै प्रा. डा. बज्राचार्यले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शैक्षिक, आध्यात्मिक तथा पर्यटनको केन्द्रको रूपमा रूपान्तरण गर्ने आफ्नो दृष्टिकोण सहितको गरुयोजना साझा गर्नुभयो । उहांले २२,००० अन्तर्राष्ट्रिय विद्यार्थीलाई एलबीयूमा आकर्षित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै पाठ्यक्रम विकास तथा पूर्वाधार निर्माण सहितको गुरुयोजना (मास्टर प्लान) कार्यान्वयनमा रहेको जानकारी दिनुभयो । निक्कीसंगको सहकार्यले भारतीय कूटनीतिज्ञ, विद्वानबर्ग र उद्योगीहरूबीच सहकार्य गर्न मद्दत पुग्ने उहांको बिचार ब्यक्त गर्नुभयो ।
निक्कीका अध्यक्ष सुनिल केसीले नेपाल–भारतबीचको द्विपक्षीय सहकार्य प्रवद्र्धन गर्न संघ प्रतिवद्ध रहेको बताउंदै, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता विकास, पर्यटन प्रवद्र्धन तथा संयुक्त शैक्षिक–औद्योगिक कार्यक्रमजस्ता क्षेत्रमा भावी सहकार्यप्रति उत्साह व्यक्त गर्नुभयो ।
यो साझेदारीले शैक्षिक स्रोत र औद्योगिक अनुभवलाई समायोजन गर्दै राष्ट्रिय विकासमा योगदान पर्यु ाउने र लुम्बिनीलाई विश्वस्तरमा पहिचान अभिवृद्धि गर्ने रणनीतिक कदमको रूपमा लिइएको छ ।