सिकाउने, डोर्याउने, उभ्याउने र निरन्तरता : सफल मानिसको वास्तविक पहिचान
जीवनमा हरेक सफलताको मूलभूत यात्रा एउटै वाक्यबाट सुरु हुन्छ—
“सिक्नु, बुझ्नु, अघि बढ्नु।”
जब कसैले सिकाउँछ, हामीले नयाँ आँखा पाउँछौं। संसार फराकिलो देखिन्छ, आफ्नो क्षमता अझ गहिरोसँग चिन्न थाल्छौं। तर केवल सिकाइले मात्र सपनाहरू पूरा हुँदैनन्।
त्यहाँ आवश्यक पर्छ
डोर्याउने हात।
उनीहरू जीवनका वास्तविक मार्गदर्शक हुन्। कहिले कठोर भएर, कहिले माया देखाएर तर सधैं सही दिशा देखाइरहने। त्यस्ता मानिसहरू हाम्रो यात्रामा प्रकाशजस्तो हुन्छन्, जसले प्रत्येक अँध्यारो मोडमा आशा जगाउँछन्।
त्यसपछि आउँछ—
उभ्याइदिने शक्ति।
हामी कहिले कमजोर पर्छौं, थाक्छौं, हार मान्न खोज्छौं। तर कसैले हाम्रो क्षमता हाम्रोभन्दा पहिले देखिदियो भने? त्यही व्यक्तिले हाम्रो मनमा आत्मविश्वास रोपिदिन्छ, “तिमी सक्छौ, तिमी योग्य छौ।” यही उभ्याइले साधारण मानिसलाई असाधारण यात्रामा धकेलिदिन्छ।
तर यी सबैभन्दा माथि उभिएको छ—
#निरन्तरता
सफलता कुनै ठूलो छलाङबाट होइन, साना–साना कदमहरूको निरन्तर जोडबाट जन्मिन्छ।
निरन्तरता भनेको हरेक दिन आफूलाई फेरि–फेरि उठाउने साहस हो।
निरन्तरता भनेको असफलताबाट सिकेर फेरि सुरु गर्ने दृढता हो।
निरन्तरता नै त्यो शक्ति हो, जसले कमजोरलाई बलियो बनाउँछ र साधारणलाई असाधारण।
जो मानिस सिक्छ, डोर्याइन्छ, उभिन्छ र अनि निरन्तरता राख्छ—
जीवनले उसलाई रोक्न सक्दैन।
कसैले नचिन्ने मानिस पनि निरन्तरताको बलमा एकदिन पहिचान, सम्मान र सफलता बनिन्छ।
यही हो जीवनको ऊर्जा—
सिक्दै जाऊ, डोर्याउँदै जाऊ, उठ्दै जाऊ र निरन्तर अघि बढ्दै जाऊ।
(लेखक राज कार्की सुटमालाका संचालक हुनुहुन्छ)



प्रतिकृया दिनुहोस्