समस्त देश तथा विदेशमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा छठ पर्व २०८३ को हार्दिक शुभकामना!

समस्त देश तथा विदेशमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा छठ पर्व २०८३ को हार्दिक शुभकामना!

सूर्य उपासनाको यो महापर्व केवल धार्मिक अनुष्ठान मात्र नभई प्रकृति, मानव जीवन र ऊर्जाको स्रोत सूर्यप्रतिको अगाध श्रद्धा र कृतज्ञताको जीवन्त प्रतीक हो। अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान रूपले अर्घ्य दिएर मनाइने यस पर्वले जीवनका सुख–दुःख र आरोह–अवरोहलाई समभावका साथ स्वीकार गर्ने गहिरो दर्शन सिकाउँछ। पौराणिक तथा ऐतिहासिक ग्रन्थहरूमा उल्लेख भएअनुसार महाभारतकालमा पाण्डवहरूले गुप्तबासको सफलता र राज्य प्राप्तिका लागि सूर्यदेवको आराधना गरेको तथा त्रेतायुगमा भगवान् श्रीराम र माता सीताले वनवासबाट अयोध्या फर्केपछि कार्तिक शुक्ल षष्ठीका दिन सूर्यपूजा गरेको परम्पराबाट यस पर्वको ऐतिहासिक गरिमा झनै उजागर हुन्छ।

नदी, तलाउ तथा जलाशय किनारलाई अत्यन्तै सफा र पवित्र बनाएर मनाइने छठ पर्वले प्रकृतिप्रेम, स्वच्छता र पर्यावरण संरक्षणको अनुपम सन्देश दिन्छ। कुनै जातजाति, वर्ग वा लिङ्गको भेदभावबिना एउटै घाटमा उभिएर सूर्यदेव र छठी माताको पूजा–आराधना गरिने भएकाले यो पर्व सामाजिक सद्भाव, आपसी एकता र समानताको बलियो सेतु बनेको छ। प्रकृतिका अभिन्न अंग जल र सूर्यको उपासना गर्दै मनाइने यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जा, आपसी बन्धुत्व र उज्यालो भविष्य निर्माण गर्ने नयाँ प्रेरणा प्रदान गरोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं।

शुभकामना प्रेषक:
खडानन्द भट्ट
प्रबन्ध निर्देशक— मिडिया ठाँटी प्रा. लि. / ठाँटी खबर
“मिडिया ठाँटी सुख दु:ख को साथी”