नेपाल–भारत आर्थिक सहकार्य तथा संस्थागत समन्वय सुदृढीकरणबारे निक्की रएफएनसिसिआइ बीच छलफल
काठमाडौं, २०८३ असोज ७ –२३ सेप्टेम्बर २०२६) — नेपाल–भारत उद्योग वाणिज्य संघ–निक्की_ का अध्यक्ष श्री सुनिल के.सी.को नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल उद्योगवाणिज्य महासंघ –एफएनसिसिआई_का अध्यक्ष श्री अञ्जन श्रेष्ठको नेतृत्वकोमहासंघको टोलीसंग भेटवार्ता गर्दै नेपाल–भारत आर्थिक सहकार्य तथा दुई संस्थाबीचकोसंस्थागत समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको छ।
भेटवार्तामा द्विपक्षीय व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृत्रिमबुद्धिमत्ता –एआई_, नेपाल–भारत संयुक्त व्यवसाय मञ्च –नेपाल–इण्डिया जोइन्टबिजनेस फोरम}}}_, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, आर्थिक कूटनीति, औद्योगिक–शैक्षिक तथा सार्बजनिक क्षेत्र सहकार्य एबं भारतमा संयुक्त लगानी प्रवद्र्धनका पहललगायतका विषयमा छलफल गर्यो ।
निक्कीका अध्यक्ष श्री सुनिल के.सी.ले नेपाल उद्योग वाणिज्य महासंघ–एफएनसिसिआई_को अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएकोमा श्री अञ्जन श्रेष्ठलाईबधाई दिदै उहाको कार्यकालमा दुई संस्थाबीच उत्पादक तथा परिणाममुखी संयुक्त पहलअघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले एफएनसिसिआई सग निक्कीको लामोसमयदेखिको संस्थागत सम्बन्ध स्मरण गर्दै नियमित र संरचित संवादमार्फत दुईसंस्थाबीचको सहकार्यलाई थप सक्रिय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिमण्डललाई स्वागत गर्दै एफएनसिसिआईका अध्यक्ष श्री अञ्जन श्रेष्ठलेनिक्कीको निरन्तर संलग्नताको प्रशंसा गर्नुभयो । उहाले नेपालको व्यापार तथा समग्रआर्थिक सम्बन्धमा भारतको महत्वपूर्ण भूमिकालाई उल्लेख गर्दै नेपाल–भारत आर्थिकसम्बन्धका विषयमा थप समन्वय आवश्यक रहेको बताउनुभयो । साथै, द्विराष्ट्रिय उद्योगवाणिज्य संघका रूपमा निक्कीको भूमिका एफएनसिसिआईको व्यावसायिक तथाआर्थिक हित प्रवद्र्धन गर्ने उद्देश्यसग अत्यन्त निकट रहेको उहाले उल्लेख गर्नुभयो ।
दुवै संघले नेपाल–भारत व्यापारको अवस्था तथा नेपालको आन्तरिक उत्पादन रऔद्योगिकीकरणलाई सुदृढ गर्ने अवसरबारे छलफल गर्यो । अध्यक्ष श्रेष्ठले विशेषगरीउत्तर प्रदेश र बिहारलगायत नेपालसग सीमा जोडिएका भारतीय राज्यका व्यवसाय तथाकम्पनीसग नेपाली उद्योग–व्यवसायको साझेदारी विस्तार गर्न सकिने सम्भावनातर्फध्यानाकर्षण गराउनुभयो । उत्पादनमूलक तथा खाद्यसम्बन्धी क्षेत्रमा यस्ता सहकार्यलेनेपाली उद्योगको विकासमा योगदान पुर्याउन सक्ने उहाले बताउनुभयो ।
उक्त छलफलमा द्विपक्षीय ऊर्जा सहकार्यलाई छलफलको प्रमुख प्राथमिकताका रूपमालिइएको थियो । सहभागीहरूले आगामी दश वर्षमा १०,००० मेगावाट विद्युत निर्यात गर्नेलक्ष्य, त्यसका लागि निजी क्षेत्रको थप सहभागिता तथा लगानी र आवश्यक प्रसारणपूर्वाधारको समयमै विकास गर्नुपर्ने विषयमा छलफल गरे । दुवै संघले ऊर्जा क्षेत्रकोसहकार्यका विषयमा नियमित संवादलाई निरन्तरता दिने सहमति जनाएका छन् ।
बैठकमा वाराणसीलगायत भारतीय गन्तव्यसग पर्यटनसम्बन्धी सम्बन्ध तथा सहकार्यविस्तार गर्ने सम्भावनाका साथै सूचना प्रविधि –आईसिटी_ र कृत्रिम बुद्धिमत्ता –एआई_जस्ता उदीयमान क्षेत्रमा सहकार्यका अवसरबारे पनि छलफल भएको थियो ।
निक्कीले नेपाल र भारतका उच्चस्तरीय द्विपक्षीय भ्रमण तथा भेटघाटका क्रममा नेपाल रभारतका निजी क्षेत्रका नेतृत्वबीच थप प्रत्यक्ष संवादका लागि वार्षिक नेपाल–भारतसिईओ राउन्डटेबल आयोजना गर्ने प्रस्ताव गरेको थियो । दुवै संस्थाले उक्त प्रस्तावलाईअघि बढाउन सहकार्य गर्ने सहमति जनाएका छन् साथै, भारतको नयादिल्लीमा नेपालकोलगानी सम्मेलन नियमित रूपमा आयोजना गर्ने सम्भावनाबारे पनि छलफल भएकोथियो । लगानीका अवसर प्रवद्र्धन तथा व्यवसायी–व्यवसायी सम्पर्क विस्तार गर्नेउद्देश्यले भाईबे्रनट गुजराटमा एफएनसिसिआई ÷निक्कीको संयुक्त पहलमा नेपालकोछुट्टै पैभिलियन बनाएर सहभागिता जनाउने निक्कीको को प्रस्तावबारे समेत छलफलभएको थियो ।
निक्कीले नेपाल–भारत आर्थिक विषयमा दीर्घकालीन संस्थागत समन्वय थप सुदृढ गर्नएफएनसिसिआईमा निक्कीका अध्यक्षका लागि पदेन स्थायी उपाध्यक्ष पदको व्यवस्थागर्ने प्रस्तावलाई पुनः प्रस्तुत गरेको थियो । उक्त प्रस्तावमा अध्यक्ष श्रेष्ठलेएफएनसिसिआईको बर्तमान बिधान एवं संस्थागत प्रक्रिया अनुसार विचार गरिनेजानकारी दिनुभयो ।
भेटवार्तामा नेपाल–भारत संयुक्त व्यवसाय मञ्च –नेपाल–इण्डिया जोइन्ट बिजनेशफोरम–जेबिएफ_मा निक्कीको सहभागिताबारे पनि छलफल भएको थियो । निक्कीलेउक्त मञ्चमा थप महत्वपूर्ण भूमिका, अध्यक्ष वा सह–अध्यक्षको जिम्मेवारीसमेत विचारगर्न अध्यक्ष श्रेष्ठलाई अनुरोध गरेको थियो । एफएनसिसिआईले उक्त बिजनेश फोरममानिक्कीको सहभागिता थप विस्तार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामीउच्चस्तरीय द्विपक्षीय भेटघाट तथा भ्रमणअघि आवश्यक सम्बन्धित माध्यमबाट यसविषयलाई अघि बढाउने सहमति जनाएको छ ।
यसैगरी, एफएनसिसिआईमा गठनको तयारीमा रहेको एमएनसि तथा एफडिआईफोरममा निक्कीको सहभागिता तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुसंग सम्बन्धितविषयमा पनि छलफल भएको थियो । सहभागीहरूले संस्थागत समन्वयलाई थपप्रभावकारी बनाउदै बाकी रहेका विषयहरूको समाधान गर्नुपर्नेमा जोड दिए ।
दुवै संघले व्यापार, लगानी, ऊर्जा, व्यावसायिक प्रतिनिधिमण्डल आदान–प्रदान, लगानीप्रवद्र्धन, पर्यटन, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, उद्योग–शैक्षिक क्षेत्र सहकार्य, खाद्य सुरक्षा, औद्योगिकीकरण तथा ऊर्जा सुरक्षालगायत क्षेत्रमा संयुक्त पहल अघिबढाउने र निरन्तर संवाद कायम राख्ने सहमति जनाएका छन् ।
भेटवार्ताको अन्त्यमा एफएनसिसिआई र निक्कीले नेपाल–भारतबीच आर्थिक अवसरविस्तार, व्यापार तथा लगानी प्रवद्र्धन र निजी क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउननिकट संस्थागत सहकार्य तथा निरन्तर निजी क्षेत्रबीचको संवादलाई अघि बढाउनेप्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।
उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट अध्यक्ष श्री अन्जन श्रेष्ट, बरिष्ट उपाध्यक्ष श्री सुर कृष्ण बैद्य, महानिर्देशक श्री गोपाल प्रसाद तिवारी सहभागीहुनुहुन्थ्यो भने नेपाल–भारत उद्योग वाणिज्य संघ –निक्की)को तर्फबाट अध्यक्ष श्री सुनिलके.सी., उपाध्यक्ष श्री कुणाल केयाल, निर्देशक श्री मार्शल राठौर, प्रग्राम एशोसिएट श्रीश्रेयशी राणा तथा एआईडिआईएका रिसर्च डाईरेक्टर श्री कुबेर चालिसे सहभागी हुनुहुन्थ्यो ।



प्रतिकृया दिनुहोस्