अत्यन्त जरुरी सूचना : बाढीपहिरोपछि दुई जना सम्पर्कविहीन, खोजीका लागि अपिल

अत्यन्त जरुरी सूचना : बाढीपहिरोपछि दुई जना सम्पर्कविहीन, खोजीका लागि अपिल

स्याफुबेंसी/वेत्रावती, रसुवा । मिति २०८३ साल भदौ १० गते, बुधबार आएको अत्यधिक बाढीपहिरोका कारण स्याफुबेंसीस्थित मेगा बैंकमा गार्डका रूपमा कार्यरत भीमबहादुर खड्कावेत्रावतीस्थित मुक्तिनाथ बैंकमा गार्डका रूपमा कार्यरत रामकाजी गोदार सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

बाढीपहिरोपछि दुवै जनासँग सम्पर्क हुन नसकेकाले परिवारजन गहिरो चिन्तामा छन्। उनीहरूको अवस्था बारे कुनै जानकारी प्राप्त भएमा तत्काल परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।

परिवारको भावुक अपिल:
“भगवान्, कुलदेवता, इष्टदेवता तथा तेत्तीसकोटी देवताको कृपाले हाम्रा दुई ज्वाईहरु आज सकुशल भेटिनुहोस् भन्ने प्रार्थना गर्दछौँ।”

तपाईंले देख्नुभएको छ भने तुरुन्त खबर गर्नुहोस्

भीमबहादुर खड्का वा रामकाजी गोदारलाई देख्नुभएका, भेट्नुभएका वा उहाँहरूबारे कुनै जानकारी पाउनुभएका महानुभावले निम्न नम्बरमा तत्काल सम्पर्क गरिदिनुहुन अनुरोध छ।

📞 ९८४१०८७२२९
📞 ९८४१८५७७१८
📞 ९८४९५६१२४१
📞 ९८६३७९४११७

यो सूचना धेरैभन्दा धेरै शेयर गरौँ। एउटा शेयरले दुई परिवारलाई आफ्ना आफन्तको खबर पाउन सहयोग पुग्न सक्छ।