औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- thantikhabar
- August 18, 2026
55
SHARES
जाजरकोट, जाजरकोटको भेरी नगरपालिका–११, जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका दैलेख नारायण नगरपालिका–२ का ३२ वर्षीय दिपक कुमार थापाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भेरी नगरपालिका–८ का ३३ वर्षीय बिरेन्द्र खत्री, भेरी–९ का २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाई रहेका छन्।
घटनाअनुसार साउन २५ गते राति भेरी नगरपालिका–१० नुवागाउँमा बिरेन्द्र खत्रीसहितका व्यक्तिहरूले कुटपिट गर्दा दिपक गम्भीर घाइते भएका थिए। घाइते थापाको नेपालगञ्जस्थित केयर सिटी अस्पतालमा उपचारका क्रममा साउन २८ गते मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका पाँचै जनाविरुद्ध जिल्ला अदालत जाजरकोटबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप अनुमति लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल
- एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव
- ऐतिहासिक साङ्गीतिक उत्सव: ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ’ भव्य रूपमा सम्पन्न
- जुवाको खालमा अनपेक्षित छापा: कौडा खेलिरहेका ११ जना भारी नगदसहित सुनसरीबाट पक्राउ
- कम्बोडिया र क्यानडा पठाइदिन्छु भन्दै ७० लाख ठग्ने दुई जना पक्राउ
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्ड नेपालबीच छलफल
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
October 23, 2026
- एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल
- एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव
- ऐतिहासिक साङ्गीतिक उत्सव: ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ’ भव्य रूपमा सम्पन्न
- जुवाको खालमा अनपेक्षित छापा: कौडा खेलिरहेका ११ जना भारी नगदसहित सुनसरीबाट पक्राउ
- कम्बोडिया र क्यानडा पठाइदिन्छु भन्दै ७० लाख ठग्ने दुई जना पक्राउ
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्ड नेपालबीच छलफल
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी



प्रतिकृया दिनुहोस्