नेपाल सरकारको निशान छाप दुरुपयोग गरी जीपीएस ट्र्याकर बिक्री, एक जना पक्राउ
- thantikhabar
- August 11, 2026
69
SHARES
काठमाडौं, २६ साउन । नेपाल सरकारको स्वीकृति नलिई सरकारी निशान छाप दुरुपयोग गर्दै जीपीएस ट्र्याकर बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ टेवहाल बस्ने रौतहट चन्द्रपुर नगरपालिका–२ घर भएका २९ वर्षीय दिपेन्द्र कर्माचार्य रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शुक्रबार टेवहालबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा कर्माचार्यले आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्याउँदै चीनबाट आयात गरिएका जीपीएस ट्र्याकरमा नेपाल सरकारको निशान छाप राख्न लगाई, नेपाल सरकारबाट मान्यता प्राप्त डिभाइस भएको झुटो प्रचार गरी बिक्री–वितरण गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट नेपाल सरकारको निशान छाप अंकित ५२ थान जीपीएस ट्र्याकर बरामद गरेको छ।
पक्राउ परेका कर्माचार्यलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
- एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल
- एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव
- ऐतिहासिक साङ्गीतिक उत्सव: ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ’ भव्य रूपमा सम्पन्न
- जुवाको खालमा अनपेक्षित छापा: कौडा खेलिरहेका ११ जना भारी नगदसहित सुनसरीबाट पक्राउ
- कम्बोडिया र क्यानडा पठाइदिन्छु भन्दै ७० लाख ठग्ने दुई जना पक्राउ
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्ड नेपालबीच छलफल
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
October 23, 2026
- एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल
- एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव
- ऐतिहासिक साङ्गीतिक उत्सव: ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ’ भव्य रूपमा सम्पन्न
- जुवाको खालमा अनपेक्षित छापा: कौडा खेलिरहेका ११ जना भारी नगदसहित सुनसरीबाट पक्राउ
- कम्बोडिया र क्यानडा पठाइदिन्छु भन्दै ७० लाख ठग्ने दुई जना पक्राउ
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्ड नेपालबीच छलफल
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी



प्रतिकृया दिनुहोस्