भ्रामक सूचना फैलाएको आरोपमा युट्युब सञ्चालक पक्राउ, साइबर ब्यूरोको कारबाही
- thantikhabar
- August 4, 2026
30
SHARES
काठमाडौं, सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्दै आएका ३९ वर्षीय जनक भुसाल शनिबार पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनले ‘नेपाली खबर टिभी’ नामक युट्युब च्यानलमार्फत राज्यको विद्यमान परिस्थितिलाई असर पर्ने किसिमका भ्रामक सामग्री तयार गरी प्रसारण गरेको, अफवाह फैलाएको तथा जातीय र धार्मिक सद्भावमा खलल पुग्ने, घृणा वा द्वेष फैलाउने तथा कानुनले निषेध गरेका सामग्री प्रकाशन एवं प्रसारण गरेको आरोप छ।
साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उनलाई बुटवलबाट पक्राउ गरेको हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न तथा अपुष्ट, भ्रामक वा कानुनविपरीत सामग्री प्रकाशन वा प्रसारण नगर्न सबैमा आग्रह गरेको छ।
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु

प्रतिकृया दिनुहोस्