ललितपुर र पर्सामा लागूऔषधविरुद्ध प्रहरीको कारबाही: स्पासपेन र ब्राउनसुगरसहित ७ जना पक्राउ
- thantikhabar
- July 4, 2026
64
SHARES
काठमाडौं, लागूऔषध नियन्त्रण अभियानअन्तर्गत नेपाल प्रहरीले ललितपुर र पर्साका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित तथा अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ।
ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित पाँच जनालाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा विक्रन्त शाही, बुद्ध गुरुङ, बज्रदेव महर्जन, सुजन महर्जन तथा दाङ घर भएका नबिन बुढाथोकी रहेका छन्। प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट ब्राउनसुगर जस्तो देखिने ३३० मिलिग्राम पदार्थ सहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा अरविन्द ओझा र मुकेश कुमार कुशहवा रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
- एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल
- एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव
- ऐतिहासिक साङ्गीतिक उत्सव: ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ’ भव्य रूपमा सम्पन्न
- जुवाको खालमा अनपेक्षित छापा: कौडा खेलिरहेका ११ जना भारी नगदसहित सुनसरीबाट पक्राउ
- कम्बोडिया र क्यानडा पठाइदिन्छु भन्दै ७० लाख ठग्ने दुई जना पक्राउ
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्ड नेपालबीच छलफल
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
October 23, 2026
- एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल
- एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव
- ऐतिहासिक साङ्गीतिक उत्सव: ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ’ भव्य रूपमा सम्पन्न
- जुवाको खालमा अनपेक्षित छापा: कौडा खेलिरहेका ११ जना भारी नगदसहित सुनसरीबाट पक्राउ
- कम्बोडिया र क्यानडा पठाइदिन्छु भन्दै ७० लाख ठग्ने दुई जना पक्राउ
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्ड नेपालबीच छलफल
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी



प्रतिकृया दिनुहोस्