तारकेश्वरमा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी

तारकेश्वरमा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं, जेठ — काठमाडौंको तारकेश्वर नगरपालिका–४ शेषमती दगुर्नेपानी क्षेत्रमा डेरा गरी बस्ने एक महिलाको कोठाबाट करिब ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

प्रहरीका अनुसार सोलुखुम्बु घर भएकी ४० वर्षीया शोभा तामाङको डेराबाट सुनका गहना, मोबाइल फोन तथा नगद रकम चोरी भएको हो। उक्त घटना बिहीबार दिउँसो भएको जनाइएको छ।

घटनापछि प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र बनाएको छ। हाल फरार रहेका संदिग्धको पहिचान तथा पक्राउका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

चोरीका घटनाप्रति सचेत रहन र घर तथा डेराको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।