म्याग्दीको जंगलबाट एकैपटक ८ थान भरुवा बन्दुक बरामद, प्रहरीले थाल्यो अनुसन्धान

म्याग्दीको जंगलबाट एकैपटक ८ थान भरुवा बन्दुक बरामद, प्रहरीले थाल्यो अनुसन्धान

म्याग्दी, २७ जेठ — म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला क्षेत्रको जंगलबाट एकैपटक ८ थान एकनाले भरुवा बन्दुक बरामद भएपछि सुरक्षा निकाय सक्रिय बनेको छ।

प्रहरीका अनुसार चिमखोलास्थित फेदी वन क्षेत्रमा शंकास्पद वस्तु रहेको सूचनापछि अस्थायी प्रहरी पोस्ट चिमखोलाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उक्त बन्दुकहरू फेला पारेको हो।

जंगलमा ठूलो संख्यामा भरुवा बन्दुक फेला परेपछि ती बन्दुक कसले, किन र कहिलेदेखि त्यहाँ लुकाएर राखेको थियो भन्ने विषय अनुसन्धानको केन्द्रमा रहेको प्रहरीले जनाएको छ।

घटनाले स्थानीय क्षेत्रमा चासो बढाएको छ भने बरामद हतियारको स्रोत र सम्भावित प्रयोगबारे प्रहरीको अनुसन्धान जारी रहेको छ।

प्रहरीले हतियारसँग सम्बन्धित कुनै पनि शंकास्पद गतिविधिबारे जानकारी भए तुरुन्त सुरक्षा निकायलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।