गोरखामा दुई छुट्टाछुट्टै दुर्घटना : बालकसहित दुई जनाको मृत्यु
- thantikhabar
- May 15, 2026
41
SHARES
गोरखामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
भिमसेन थापा गाउँपालिका–२ रातामाटेस्थित सडकमा गोरखा बजारबाट आरूघाटतर्फ जाँदै गरेको ना. ६ त ६०५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार भिमसेन थापा गाउँपालिका–३ माथिल्लो गाउँका १३ वर्षीय बिक्रम बस्याल गम्भीर घाइते भएका थिए ।
मंगलबार बिहान भएको उक्त दुर्घटनापछि उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएका उनको बुधबार बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी, गोरखा नगरपालिका–१३ तीनकिलोस्थित सडकमा गोरखा बजारबाट आबुखैरेनीतर्फ आउँदै गरेको बा. ९९ प ५५९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा अन्दाजी ५० वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए ।
घाइते उनको सरकारी अस्पताल भरतपुरमा थप उपचारका क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम, थर र वतन खुल्न बाँकी रहेको छ । घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
May 20, 2026 -
आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
May 20, 2026
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

प्रतिकृया दिनुहोस्