लालबन्दीबाट राष्ट्रिय राजनीतिसम्म: निस्वार्थ सेवाकी प्रतीक सरिता दाहालको उदय
लालबन्दी, सर्लाही । समाजसेवा र निस्वार्थ नेतृत्वको प्रतीक बनेकी सरिता दाहाल अहिले स्थानीयदेखि राष्ट्रिय राजनीतिक वृत्तमा चर्चाको केन्द्रमा छिन्। ४८ वर्षीया दाहाल अहिले राष्ट्रिय स्वतन्त्र पार्टीकी २ प्रदेश सदस्यका रूपमा सक्रिय रहँदै जनताको विश्वास जित्दै आएकी छन्।
दाहाल कुनै सामान्य राजनीतिक अनुहार होइनन्। स्थानीय विकास, शिक्षा, महिला सशक्तीकरण र सामाजिक न्यायमा उल्लेखनीय योगदानदिँदै उनी वैकल्पिक राजनीति र स्वच्छ नेतृत्वको पक्षमा दृढ रहेकी छिन्।
उनको राजनीतिक दर्शन स्पष्ट छ:
“पदको लोभ होइन, समाज र राष्ट्र सेवामा निस्वार्थ रूपमा अघि बढ्ने चाहना।”
स्थायी बासिन्दा लालबन्दी सर्लाहीका स्थानीयहरू उनलाई काम गर्ने नेतृ, सुन्ने नेतृ र जनताको पीडालाई नजिकबाट बुझ्ने नेतृको रूपमा चिन्छन्। भाषणभन्दा काममा विश्वास गर्ने उनको शैलीले युवा देखि वृद्धसम्म सबैको मन जित्ने काम गरेको छ।
राजनीतिमा विश्वासको संकट गहिरिँदै गएको समयमा सरिता दाहाल जस्ता नेतृहरू आशाको किरण बनेर उदिएका छन्। सामाजिक सेवाबाट राजनीति र राजनीतिबाट राष्ट्र सेवासम्मको उनको यात्रा उनलाई भविष्यको प्रभावशाली महिला नेतृको रूपमा स्थापित गर्दैछ।
लालबन्दीबाट सुरु भएको यो आवाज अब प्रदेशदेखि राष्ट्रसम्म गुन्जिने संकेत देखिन्छ, जसले नयाँ राजनीतिक दृष्टिकोण र निस्वार्थ नेतृत्वको उदाहरण प्रस्तुत गर्दैछ।



प्रतिकृया दिनुहोस्