नेपाल–भारत सम्बन्ध अझ मजबुत र ऐतिहासिक : अर्थमन्त्री खनाल

नेपाल–भारत सम्बन्ध अझ मजबुत र ऐतिहासिक : अर्थमन्त्री खनाल

काठमाडौँ: नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक मात्र नभई इतिहास, भूगोल र संस्कृतिले जोडिएको गहिरो साझेदारी भएको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन्।

शुक्रबार साँझ आयोजित नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (NICCI) को ३१औं बार्षिक साधारण सभा कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले भारतलाई नेपालको सबैभन्दा ठूलो आयात–निर्यात बजार र प्रमुख व्यापार साझेदारका रूपमा चित्रण गरे।

“नेपालको अर्थतन्त्रमा भारतको योगदान अत्यन्तै महत्त्वपूर्ण छ,” उनले स्पष्ट पारे।

ऊर्जा, पूर्वाधार र लगानीका क्षेत्रमा नेपाल–भारत सहकार्य दिनानुदिन विस्तार हुँदै गएको उल्लेख गर्दै उनले दुवै मुलुकबीचको आर्थिक सम्बन्ध सुदृढ बनाउन NICCI ले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे।

NICCI का अध्यक्ष सुनिल केसीले विगत तीन दशकदेखि सङ्घले नेपाल–भारतबीच व्यापार, व्यवसाय र लगानी प्रवर्द्धनमा सेतुको भूमिकानिर्वाह गर्दै आएको बताए।

कार्यक्रममा उद्योग–व्यापारमार्फत उत्कृष्ट कर तिर्ने कम्पनीहरूलाई सम्मान गरिएको थियो भने अन्तरदेशीय प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको भूमिका विषयमा विशेष अन्तरक्रिया पनि सम्पन्न भयो।

नेपाल–भारत सम्बन्ध नयाँ उचाइतर्फ उन्मुख हुँदै!