शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को हार्दिक मङ्गलमय शुभकामना!

शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को हार्दिक मङ्गलमय शुभकामना!

स्वदेश तथा विदेशका विभिन्न कुनामा रहेर मातृभूमिको माया मनभरि सजाउनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, आदरणीय पाठक वर्ग, विज्ञापनदाता, उद्योगी, व्यवसायी, युवा उद्यमी, समाजमा अतुलनीय योगदान पुर्‍याइरहनु भएका आदरणीय समाजसेवी तथा बुद्धिजीवी वर्ग, अहोरात्र माटोमा पसिना बगाउने कृषक बुबाआमा तथा दाजुभाइ-दिदीबहिनीहरू, सम्पूर्ण श्रमजीवी, राष्ट्रसेवक कर्मचारीहरू, शैक्षिक क्षेत्रका कर्णधार शिक्षक-शिक्षिका तथा प्राध्यापकवर्ग, कानुन र न्यायको पक्षमा खट्ने कानुन व्यवसायी (वकिल) मित्रहरू, विभिन्न सरकारी, गैरसरकारी तथा अर्धसरकारी संघ-संस्थामा आबद्ध व्यक्तित्वहरू, पेसागत निष्ठाका साथ समाचार कक्ष र मैदानमा खटिएका सम्पूर्ण पत्रकार मित्रहरू एवं राज्यका सम्पूर्ण निकायहरू—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा रहेर देश र जनताको सेवामा समर्पित व्यक्तित्वहरू लगायत समाजका हरेक क्षेत्रमा योगदान पुर्‍याउनुहुने विशिष्ट जनहरूमा उज्यालो र आस्थाको संगम मानिने शुभ दीपावली २०८३, नेपाल संवत् ११४७ एवं पावन छठ पर्व २०८३ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

तिहार केवल बत्तीहरूको मात्र पर्व होइन; यो त मानव र प्रकृति, दाजुभाइ र दिदीबहिनी तथा जीवजन्तु र मानवबिचको प्रगाढ सम्बन्धको उत्सव पनि हो। काग, कुकुर, गाई र गोवर्धन पूजा गर्दै चेलीबेटी र दाजुभाइबिचको पवित्र आत्मिक स्नेह उजागर गर्ने यो पर्वले हाम्रा पारिवारिक तथा सामाजिक सम्बन्धहरूलाई अझ प्रगाढ बनाउँछ। महालक्ष्मीको आराधना गरी मनाइने दीपावलीले हामी सबैको जीवनबाट अज्ञानता र निराशाको अन्धकारलाई पन्छाउँदै सत्य, न्याय, संवृद्धि र उज्यालो प्रकाशतर्फ अघि बढ्ने प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ।

यसैगरी, नेपालको मौलिक पहिचान र राष्ट्रिय गौरवका रूपमा रहेको नेपाल संवत् ११४७ को नयाँ वर्षले हामीलाई सामाजिक एकता, भ्रातृत्व र परोपकारको महान् सन्देश दिन्छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले सम्पूर्ण जनताको ऋण मोचन गरी सुरु गर्नुभएको यो संवत्ले हामीलाई समाजसेवा र जनताको हितमा समर्पित हुन सधैँ घच्घच्याइरहन्छ। यसै पावन अवसरमा मनाइने म्हः पूजा (आत्म पूजा) ले प्रत्येक व्यक्तिलाई आफ्नो आत्माको महत्त्व र स्वच्छता महसुस गराउँछ।

त्यस्तै, अस्ताउँदो र उदाउँदो सूर्यलाई भक्तिपूर्वक अर्घ्य दिएर मनाइने प्रकृति र निष्ठाको महान् पर्व छठले हामीलाई अनुशासन, स्वच्छता, समानता र जल-जमिनप्रतिको कृतज्ञता सिकाउँछ। यस पर्वले तराई, पहाड र हिमाललाई एउटै सूत्रमा गाँस्दै बहुसांस्कृतिक नेपाली समाजलाई झन् मजबुत बनाउन अहम् भूमिका खेलेको छ।

अन्तमा, देशको अन्नदाता मानिने कृषक वर्ग, आर्थिक विकासका आधार स्तम्भ उद्योगी-व्यवसायी, समाज रूपान्तरणमा सक्रिय समाजसेवी तथा बुद्धिजीवी वर्ग, भविष्यका नागरिक घडिने शैक्षिक क्षेत्रका गुरुजन, न्याय र अधिकारका पहरेदार कानुन व्यवसायी, सत्य र तथ्य सूचनाको सम्प्रेषणमा तल्लीन सञ्चारकर्मी, राज्यका विभिन्न अङ्ग तथा संघ-संस्थामा सेवारत सम्पूर्ण व्यक्तित्वहरू नै देशको वास्तविक सामर्थ्य हुन्। यी महान् पर्वहरूले हामी सबैमा नयाँ उत्साह, ऊर्जा र सकारात्मक सोचको सञ्चार गरोस्; देशमा दिगो शान्ति, सुशासन र संवृद्धिको नयाँ ढोका खोलोस् भन्ने कामना गर्दछु।

पुनः सम्पूर्णमा दीपावली, नेपाल संवत् एवं छठ पर्वको धेरै-धेरै मङ्गलमय शुभकामना!

दामोदर भट्ट
मुख्य कार्यकारी अधिकृत (CEO)
मिडिया ठाँटी प्रा. लि.
प्रधान सम्पादक
ठाँटी खबर (www.thantikhabar.com)