शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को हार्दिक मङ्गलमय शुभकामना
अन्धकारमाथि प्रकाशको विजय, आपसी सद्भाव, भाइचारा र खुसीयालीको प्रतीकका रूपमा हर्षोल्लासका साथ मनाइने महाचाड शुभ दीपावली (तिहार), नेपालको आफ्नै मौलिक इतिहास र राष्ट्रिय संवत्का रूपमा रहेको नेपाल संवत् ११४७ तथा प्रकृतिप्रतिको कृतज्ञता, निष्ठा र सूर्य उपासनाको महापर्व छठ पर्व २०८३ को यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त आदरणीय बुबाआमा, दाजुभाइ,दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
हाम्रो संस्कृति, सभ्यता र चाडपर्वहरूले समाजलाई भावनात्मक रूपमा एकताको सूत्रमा बाँध्दै आपसी सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउन ठूलो भूमिका खेलेका छन्। दीपावलीको यस उज्यालो पर्वले प्रत्येक नेपालीको घरपरिवारमा सुख, शान्ति, समृद्धि, धनधान्य र उज्यालो ल्याओस्। त्यसै गरी, नेपाल संवत् ११४७ ले हामी सबैलाई नयाँ सोच, नयाँ उमङ्ग र सिर्जनात्मक ऊर्जाका साथ स्वदेशमै केही गर्नुपर्ने अठोटलाई थप बलियो बनाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।
हाम्रो अर्को गरिमामय महापर्व छठ पर्वमा छठी माता र प्रत्यक्ष देव सूर्य भगवान्को विधिपूर्वक पूजा-आराधना गरिन्छ। निष्ठा र शुद्धताको प्रतीक यस महापर्वमा छठी माताले हामी सबैको रक्षा गर्नुका साथै सम्पूर्ण नेपालीको जीवनमा सुस्वास्थ्य, दीर्घायु, प्रगतिको ढोका खोल्नुका साथै सर्वत्र समृद्धिको आशीर्वाद प्रदान गरुन् भन्ने गहिरो प्रार्थना गर्दछ।
यसै अवसरमा, आर्थिक सुरक्षा र समृद्धिको पर्याय बनेको इन्स्योरेन्स (बीमा) क्षेत्रलाई घरघरमा पुर्याउन अहोरात्र खट्नुहुने सम्पूर्ण बीमा अभिकर्ताहरू, बीमित महानुभावहरू, सूर्यज्योति लाइफ इन्स्योरेन्स परिवार तथा समस्त वित्तीय क्षेत्रका शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। स्वदेशमै पसिना बगाएर आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रेरणा दिने यी चाडपर्वहरूले हामी सबैको जीवनमा शान्ति, सुशासन,व्यावसायिक सफलता र नयाँ ऊर्जा सञ्चार गरुन्।
हरिप्रसाद अधिकारी
शाखा प्रमुख
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (बालाजु शाखा)



प्रतिकृया दिनुहोस्