तनहुँ प्रहरीको सक्रियता: ट्रामाडोलसहित युवक पक्राउ
- thantikhabar
- July 20, 2026
40
SHARES
तनहुँ, ४ साउन। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटार क्षेत्रबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–९ का २४ वर्षीय सुजन तामाङ रहेका छन्।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो नियमित सुरक्षा जाँचका क्रममा तामाङको साथबाट ट्रामाडोल ८८ ट्याब्लेट बरामद गरेको जनाएको छ। लागूऔषध नियन्त्रण तथा सुरक्षित समाज निर्माणका लागि सञ्चालन गरिएको निगरानी अभियानअन्तर्गत उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार मुग्लिङ–पोखरा सडकखण्डमा लागूऔषध ओसारपसार रोक्न नियमित चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ। पछिल्लो समय प्रहरीले विभिन्न जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै आएको छ, जसले युवालाई दुर्व्यसनबाट जोगाउन र समाजलाई सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्