काठमाडौंको कपनमा १७ लाख ५५ हजार रुपैयाँ बराबरका सुनका गरगहना चोरी, फरारको खोजी तीव्र

काठमाडौंको कपनमा १७ लाख ५५ हजार रुपैयाँ बराबरका सुनका गरगहना चोरी, फरारको खोजी तीव्र

काठमाडौं, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१०, कपन शिवमन्दिर नजिक डेरा गरी बस्ने महोत्तरी घर भएकी ४१ वर्षीया प्रमिला निरौंलाको कोठाबाट करिब रु. १७ लाख ५५ हजार बराबरका सुनका विभिन्न गरगहना तथा अन्य धनमाल चोरी भएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान भएको उक्त चोरीपछि घटनामा संलग्न व्यक्ति फरार रहेका छन्। फरार व्यक्तिको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी चोरीमा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।