झापामा जुवातास खेल्दै गरेका ४ जना पक्राउ, नगद र तास बरामद

झापामा जुवातास खेल्दै गरेका ४ जना पक्राउ, नगद र तास बरामद

झापा। मेचीनगर नगरपालिका–१० स्थित एक कोल्ड स्टोरबाट जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा उक्त कोल्ड स्टोरका सञ्चालक ४२ वर्षीय रामपत राजवंशीलगायत चार जना रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद १ लाख ५२ हजार ४ सय ५० रुपैयाँ र ११ बुक तास बरामद गरेको जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।