विदेश पठाइदिने नाममा ठगी! मकाउ, पोल्याण्ड र क्यानडाको सपना देखाएर ४ जना पक्राउ

विदेश पठाइदिने नाममा ठगी! मकाउ, पोल्याण्ड र क्यानडाको सपना देखाएर ४ जना पक्राउ

काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाउँदै मकाउ, पोल्याण्ड र क्यानडा पठाइदिने बहानामा लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सन्देश चौधरी, भगवत प्रसाद थारू, सरस्वती बारघरे र विकास दाहाल रहेका छन्। उनीहरूले वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएर पीडितहरूबाट कुल ४७ लाख ९२ हजार रुपैयाँ असुलेपछि सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार:

  • मकाउ पठाइदिने भन्दै ५ लाख रुपैयाँ,
  • पोल्याण्ड पठाइदिने भन्दै २३ लाख रुपैयाँ,
  • क्यानडा पठाइदिने भन्दै १६ लाख रुपैयाँ,
  • अर्को घटनामा क्यानडा पठाइदिने भन्दै ३ लाख ९२ हजार रुपैयाँ ठगी गरिएको आरोप छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।