करेन्टले दुई जिल्लामा दुई जनाको ज्यान गयो, खेतदेखि बसको छतसम्म बन्यो मृत्युको कारण
- thantikhabar
- May 13, 2026
69
SHARES
काठमाडौं — विद्युत् करेन्ट लागेर सप्तरी र दाङमा दुई जनाको मृत्यु भएको छ। छुट्टाछुट्टै घटनामा एक महिलाले खेतमा ज्यान गुमाइन् भने अर्का पुरुष बसको छतमा काम गर्ने क्रममा करेन्टको सिकार बने।
सप्तरीको तिरहुत गाउँपालिका–४ डिमन टोलकी २६ वर्षीया बबिता देवी यादवको आफ्नै खेतमा जडान गरिएको विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यता दाङको बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वलीको बसको छतमा चढेर टायर निकाल्ने क्रममा माथिबाट गएको विद्युत् तारमा छोइँदा करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।
विशेषगरी वर्षायाम नजिकिँदै जाँदा खुला तार, अव्यवस्थित विद्युत् जडान र सुरक्षा सतर्कताको कमीका कारण करेन्ट लाग्ने घटनाहरू बढ्न थालेका छन्। विज्ञहरूले विद्युत् उपकरण चलाउँदा तथा सडक वा सवारीमाथि काम गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्