समाजसेवी तथा बुद्धिजीवी सागर पाण्डेका पूजनीय पिताप्रति भावपूर्ण श्रद्धाञ्जली
“आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो…”
जीवन अनिश्चित छ, तर व्यक्तित्व अमर बन्न सक्छ — यही सत्यलाई पुनः स्मरण गराएको छ वरिष्ठ पर्यटन व्यवसायी तथा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे का पूजनीय पिता स्व. गणेश प्रसाद पाण्डे को असामयिक निधनले।
वि.सं. २०८३ साल वैशाख २० गते उहाँको स्वर्गारोहण भएको खबरले पर्यटन क्षेत्र मात्रै होइन, उहाँलाई चिन्ने सम्पूर्ण शुभेच्छुकहरूलाई स्तब्ध बनाएको छ। जन्मदेखि जीवनको अन्तिम क्षणसम्म इमानदारी, संघर्ष र समाजप्रतिको समर्पणलाई आत्मसात् गर्दै अघि बढ्नुभएका स्व. पाण्डेले नयाँ पुस्तालाई कर्म, अनुशासन र मानवीय सेवाको प्रेरणा दिएर जानुभएको छ।
आजको प्रतिस्पर्धात्मक समाजमा पद, प्रतिष्ठा र सम्पत्तिभन्दा पनि असल विचार, नैतिकता र समाजप्रतिको उत्तरदायित्व नै मानिसको वास्तविक पहिचान बन्ने सन्देश उहाँको जीवनले दिएको छ। उहाँले परिवार, समाज र पर्यटन क्षेत्रलाई दिएको संस्कार र योगदान सधैं सम्मानका साथ स्मरण गरिनेछ।
यस दुःखद घडीमा शोकलाई शक्ति र प्रेरणामा रूपान्तरण गर्दै एकअर्काप्रति सहानुभूति, एकता र मानवीय मूल्य कायम राख्नु नै स्वर्गीय आत्माप्रतिको सच्चा सम्मान हुनेछ।
स्व. गणेश प्रसाद पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना व्यक्त गर्दछौं।



प्रतिकृया दिनुहोस्