कञ्चनपुरमा आगलागी: दुईवटा गोठ जलेर नष्ट, ४ लाखको क्षति
- thantikhabar
- May 12, 2026
86
SHARES
कञ्चनपुर, २९ वैशाख । कञ्चनपुरको बेदकोट नगरपालिकामा भीषण आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ। बेदकोट नगरपालिका-१० चथरी बस्ने गणेश सुनार र चक्र सुनारको गोठमा आइतबार दिउँसो अचानक आगलागी भएको हो।
प्रहरीका अनुसार आगलागीबाट गणेश र चक्र सुनारको गोठभित्र रहेका काठपात, पराल तथा अन्य जिन्सी सामानहरू पूर्ण रूपमा नष्ट भएका छन्। प्रारम्भिक विवरण अनुसार दुवै जनाको गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
आगलागीको जानकारी प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। समयमै आगो नियन्त्रणमा लिइएका कारण बस्तीका अन्य घरहरूमा भने थप क्षति हुन पाएन।
आगलागी कसरी भयो भन्नेबारे स्पष्ट हुन सकेको छैन। यसबारे थप बुझ्न स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रतिकृया दिनुहोस्