स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने पाल्पाका हिमहरी अर्याल पक्राउ
- thantikhabar
- May 1, 2026
12
SHARES
काठमाडौँ, १८ वैशाख । आकर्षक तलबको लोभ देखाएर वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाइदिने बहानामा युवाहरूलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ घर भएका ४५ वर्षीय हिमहरी अर्याल रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार काठमाडौँको सुन्धारा (वडा नं ११) क्षेत्रबाट पक्राउ गरेको हो ।
अर्यालले ५ जना पीडितहरूलाई स्लोभाकियामा राम्रो कमाइ हुने प्रलोभन देखाएर प्रतिव्यक्ति मोटो रकम असुलेका थिए । प्रहरीका अनुसार उनले पीडितहरूबाट कुल ३ लाख ७५ हजार रुपैयाँ नगद बुझेर लामो समयदेखि सम्पर्कविहीन भएका थिए । आफू ठगिएको महसुस गरेपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।
पक्राउ परेका अर्याललाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ । प्रहरीले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन र व्यक्तिगत लेनदेनमा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
- रोल्पामा भयानक जिप दुर्घटना: २० जनाको घटनास्थलमै मृत्यु, थवाङ शोकमग्न
- महिलाको सुनको सिक्री लुट्ने रसुवाका विजय तामाङ पक्राउ: चन्द्रागिरीका विभिन्न ठाउँमा मच्चाएका थिए आतङ्क
- वैदेशिक रोजगारीको नाममा करोडौँ ठगी गर्ने ७ जना पक्राउ: जापान, कोरिया र फ्रान्स पठाउने भन्दै बिचल्ली
- प्रहरीको ठुलो अप्रेशन: एक महिनामै देशभरबाट ४१७ जना बिचौलिया पक्राउ
- नेपाल प्रहरीको ठुलो एक्सन: ८ दिनमै १ हजार ४४ लागूऔषध कारोबारी पक्राउ (प्रदेशगत विवरणसहित)
- छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु
- आजको मौसम: सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना (१८ वैशाख २०८३)
- आजको राशिफल: १८ वैशाख २०८३, शुक्रवार
- नेपाल-भारत उद्योग वाणिज्य संघ र परराष्ट्र मन्त्रीबीच भेट: प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेण्डा सुझाव
- आजको मौसम समाचार: १७ वैशाख २०८३, बिहीबार
-
NMB Bank Wins Prestigious STP Award 2025 from Commerzbank
April 25, 2026

प्रतिकृया दिनुहोस्