न्यूरोडमा लुटपाट र एटीएम तोडफोडमा संलग्न युवक सामाखुशीबाट पक्राउ
- thantikhabar
- April 25, 2026
100
SHARES
काठमाडौँ, काठमाडौँको न्यूरोडमा लुटपाट र गोङ्गबुमा एटीएम मेसिन तोडफोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ घर भई हाल असन बस्ने २१ वर्षीय सविन नेपाली रहेका छन्।
घटनाको विवरण
प्रहरीका अनुसार नेपालीले बुधबार राति काठमाडौँ महानगरपालिका–१९, न्यूरोड रामघाटस्थित गल्लीमा एक व्यक्तिलाई कुटपिट गरी नगद तथा जिन्सी सामान लुटपाट गरेका थिए। लुटपाटमा संलग्न उनले भोलिपल्ट बिहीबार बिहान गोङ्गबु चोकस्थित ग्लोबल आईएमई बैंकको एटीएम मेसिन समेत तोडफोड गरेको अनुसन्धानबाट खुलेको छ।
यसरी भए पक्राउ
लुटपाट र एटीएम तोडफोडको घटनापछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले खोजी कार्य तीव्र पारेको थियो। सोही क्रममा उनलाई बिहीबार सामाखुशी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका नेपालीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रतिकृया दिनुहोस्