धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
- thantikhabar
- April 17, 2026
151
SHARES
धनकुटा, धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४२ वर्षीय पुरुष पक्राउ परेका छन्। प्रहरीले महालक्ष्मी नगरपालिका–६ गुठ बस्ने धन बहादुर गिरीलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो।
गिरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना र उजुरी प्राप्त भएलगत्तै प्रहरी सक्रिय भएको थियो। उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको विशेष टोलीले गिरीलाई उनकै बसोबास क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। बालिकाको स्वास्थ्य परीक्षण र घटनाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनालाई गम्भीरताका साथ लिँदै जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया सुरु गरिसकेको छ। समाजमा हुने यस्ता जघन्य अपराधका घटना न्यूनीकरणका लागि कडा सजाय हुनुपर्ने स्थानीयले माग गरेका छन्।
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रतिकृया दिनुहोस्