राष्ट्रिय जनमोर्चाको युवामैत्री कदम : काठमाडौं–९ मा रोशन दानी मैदानमा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट युवा नेता रोशन दानीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार दानीलाई प्रतिनिधिसभा सदस्यको टिकट प्रदान गरिएको हो।
सानै उमेरदेखि राजनीतिक चेतना, सामाजिक उत्तरदायित्व र वैचारिक स्पष्टताका साथ सक्रिय रहँदै आएका दानीलाई पार्टीले इमानदार, संघर्षशील र जनपक्षीय युवा नेतृत्व का रूपमा अघि सारेको जनाएको छ।
‘युवा आऊ, देश बचाऔँ’ अभियानका अगुवा
रोशन दानी ‘युवा आऊ, देश बचाऔँ’ अभियानका अगुवाका रूपमा परिचित छन्। उनले निशुल्क शिक्षा र निशुल्क स्वास्थ्य सेवा राज्यको दायित्व हुनुपर्छ भन्ने मुद्दालाई निरन्तर उठाउँदै आएका छन्।
‘मै बनाउँछु मेरै लागि अस्पताल’ अभियानमार्फत उनले जनस्वास्थ्यलाई व्यक्तिगत होइन, राष्ट्रिय सरोकारको विषय बनाउँदै सार्वजनिक बहसमा ल्याएका छन्।
जेसीजदेखि पत्रकारिता र सामाजिक अभियानसम्म
दानी थानकोट जेसीजका पूर्व अध्यक्ष हुन्। जेसीज नेतृत्वका क्रममा उनले युवा नेतृत्व विकास, सामाजिक सेवा र सामुदायिक अभियानलाई प्राथमिकतामा राख्दै उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
त्यसका साथै उनी शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र मानवीय सेवाका क्षेत्रमा सक्रिय सामाजिक अभियन्ता हुन्।
पत्रकारितामा लामो अनुभव बोकेका दानी प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष समेत हुन्।
उनले पत्रकारितामार्फत सामाजिक अन्याय, भ्रष्टाचार, विभेद र उत्पीडनविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन्। सत्य, निष्पक्ष र जनपक्षीय पत्रकारिताका पक्षधरका रूपमा उनी चिनिन्छन्।
युवाको भरोसाको केन्द्र
युवालाई संगठित गर्दै सामाजिक अभियानमा जोड्न सक्रिय दानी युवा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य पनि हुन्।
साथै उनी नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य का रूपमा विपद् व्यवस्थापन, राहत तथा मानवीय सेवामा योगदान दिँदै आएका छन्।
संघीयता खारेजीदेखि सुशासनसम्मको स्पष्ट एजेन्डा
राष्ट्रिय जनमोर्चाले वर्तमान संघीय संरचनाले देशलाई आर्थिक रूपमा कमजोर बनाएको, प्रशासनिक खर्च बढाएको र भ्रष्टाचारलाई संस्थागत गरेको निष्कर्षसहित संघीयता खारेजी, सुशासन, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनता को मुद्दालाई मुख्य राजनीतिक एजेन्डा बनाएको छ।
पार्टीका अनुसार संसदमा पुगेपछि रोशन दानीले
-
संघीयता खारेजी
-
भ्रष्टाचारविरुद्ध कडा संघर्ष
-
विदेशी हस्तक्षेपको विरोध
-
जनताको सार्वभौम अधिकारको संरक्षण
-
निशुल्क शिक्षा



प्रतिकृया दिनुहोस्