झापामा हेर्नै पर्ने विकास र ओलीलाई रोज्नै पर्ने कारण
दमक, ३ माघ २०२६ – फागुन २१ संघीय निर्वाचन नजिकिँदै गर्दा झापा–५ को राजनीतिक चर्चा उच्च सतहमा पुगेको छ। यो क्षेत्र अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका लागि विशेष महत्वको मानिन्छ, किनभने २०४८ देखि प्रायः अविछिन्न विजय उहाँको यात्रा बनिसकेको छ। दमक–३ र दापगाछी क्षेत्रमा निर्माण भएका भौतिक पूर्वाधार र विकास परियोजनाहरू स्थानीय जनताको ध्यान खिच्ने प्रमुख कारण बनेका छन्।
विशेषगरी दमक नगरपालिका–३ दापगाछीमा निर्मित व्यापारिक भवन (भ्यूटावर) स्थानीय र आन्तरिक पर्यटकको लागि आकर्षणको केन्द्र बनेको थियो। भवन संचालनमा आउँदा दैनिक सयौं मानिस अवलोकन गर्न आउँथे, आसपास व्यापार र रोजगार समेत चलेको थियो।
स्थानीयहरूले स्वेच्छिक रूपमा जग्गा दान गरेर निर्माण गरेको टावरलाई जनताका लागि गौरवको प्रतीक ठानेका थिए। भवनबाट १५ स्थानीयहरूले रोजगारी पाएका थिए, र यसले नेपाली युवाहरूलाई विदेश नजाँदै रोजगारीका अवसर दिएको थियो। तर भदौ २३–२४ मा भएको जेनजीको तोडफोडपछि उनीहरूको आशा र जीवनशैली प्रभावित भएको छ। जेनजीले भवनको सिसा फुटाएर र विद्युत प्रणालीमा क्षति पुर्याउँदै स्थानीय रोजगार र व्यवसायमा ठुलो असर पुर्यायो।
यस क्षेत्रका चिल्ला सडक, पुल, विद्यालय, बिजुली, खानेपानी, स्वास्थ्य चौकी र व्यावसायिक भवनहरू अध्यक्ष ओलीको नेतृत्वमा भएको विकासका प्रत्यक्ष उदाहरण हुन्। स्थानीय मतदाता र नयाँ पुस्ताले यी विकासका उपलब्धिहरू सम्झँदै फेरि ओलीलाई अनुमोदन गर्ने सम्भावना उच्च रहेको विश्लेषकहरूको अनुमान छ।
ओलीको फेरि मत माग्ने अभियान झापा–५ मा विकास र उपलब्धिका आधारमा सहज देखिन्छ। दमक–दापगाछी क्षेत्रका जनता र युवा वर्गबीचको अन्तरक्रिया, निरन्तरता र भौतिक पूर्वाधारले यस चुनावलाई निर्णायक बनाउने संकेत दिएको छ।



प्रतिकृया दिनुहोस्