“निर्वाचन आयोगले वैधानिकता दिएपछि सबै विवाद स्वतः समाप्त हुन्छ” — उदय शमशेर राणा
कांग्रेस फुटेको होइन, नेतृत्व रूपान्तरण हुँदैछ
काठमाडौँ — नेपाली कांग्रेसका नेता उदय शमशेर राणा ले पार्टी फुटेको भन्ने चर्चा भ्रमपूर्ण भएको स्पष्ट पार्दै अहिले कांग्रेसमा विभाजन होइन, नेतृत्व परिवर्तनको प्रक्रिया चलिरहेको बताएका छन्।
बुधबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डप मा सञ्चारकर्मीसँग कुरा गर्दै नेता राणाले पार्टीभित्र देखिएको वर्तमान अवस्था लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गरे।
“कांग्रेस फुटेको छैन। पार्टीलाई समयअनुसार अघि बढाउन नेतृत्व रूपान्तरण हुन लागेको मात्रै हो,”
— उदय शमशेर राणा
जनताको मुद्दा बोकेर चुनावमा जाने तयारी
नेता राणाले आउँदो निर्वाचनमा सबै वर्ग, समुदाय र क्षेत्रका माग तथा मुद्दा समेटेर जनतामाझ जानुपर्ने आवश्यकता का कारण विशेष महाधिवेशन आयोजना गरिएको बताए।
उनका अनुसार कांग्रेसलाई जनमुखी, समावेशी र चुनावमुखी बनाउने लक्ष्यसहित यो प्रक्रिया अघि बढाइएको हो।
निर्वाचन आयोगको निर्णयपछि विवाद टुंगिने दाबी
राणाले विशेष महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दिने बित्तिकै पार्टीभित्र देखिएका सबै अन्योल र विवाद समाप्त हुने दाबी गरे।
“आयोगले वैधानिकता दिएपछि कांग्रेस अझ एकढिक्का भएर चुनावी मैदानमा उत्रिन्छ,”
उनले विश्वास व्यक्त गरे।
संकट होइन, अवसरको मोडमा कांग्रेस
कांग्रेसभित्र देखिएको वर्तमान अवस्था संकटभन्दा पनि अवसर भएको र यसले पार्टीलाई नयाँ ऊर्जा, नयाँ नेतृत्व र नयाँ एजेन्डासहित जनतामाझ लैजाने विश्वास नेता राणाले व्यक्त गरे।



प्रतिकृया दिनुहोस्