एमाले महासचिव पोखरेलको निर्देशनः “आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्नु हाम्रो पहिलो लक्ष्य”

एमाले महासचिव पोखरेलको निर्देशनः “आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्नु हाम्रो पहिलो लक्ष्य”

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न सबै जनसंगठनहरूलाई निर्देशन दिनुभएको छ।

पार्टी केन्द्रीय कार्यालयमा भएको जनसंगठन समन्वय बैठकमा महासचिव पोखरेलले भन्नुभयो:

“यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा होइन, वर्गसंघर्षको लडाइँ हो। पार्टीको नीति, विचार र उपलब्धि जनतासम्म पुर्‍याउन जनसंगठन नै अग्रपंक्तिमा उभिनुपर्छ।”

बैठकमा सामाजिक सञ्जाल र स्थानीय अभियानको प्रभावकारी परिचालनमा विशेष जोड दिइयो। महासचिव पोखरेलले भदौ २३–२४ का घटनाहरू योजनाबद्ध रहेको दाबी गर्दै जनतालाई तथ्यगत जानकारी पुर्‍याउनुपर्नेमा बल दिनुभयो।

पार्टी सचिव भानुभक्त ढकालले पनि जनसंगठनलाई सक्रिय, अनुशासित र परिणाममुखी परिचालन गर्न निर्देशन दिनुभयो र आगामी निर्वाचनमा विजय सुनिश्चित गर्न प्रत्यक्ष संवाद, अभियान र सम्पर्कलाई प्राथमिकता दिनुपर्ने बताए।

बैठकले आगामी निर्वाचन केन्द्रित जनमत निर्माण अभियानलाई अझ सशक्त बनाउने निष्कर्ष निकालेको छ।


Source 📸📸✍🏻✍🏻 : Ganesh Pandey