मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २१ असार    

मोरङ, उर्लावारी नगरपालिका-८ छड्के टोल बस्ने १८वर्षीया कोक्मा नाल्बो लिम्बु आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

इलाम, माई नगरपालिका-५ कालिखोला बस्ने ४५ वर्षीयओम जर्गा मगर सोही नगरपालिका-४ कटेलटारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, धनकौल गाउँपालिका-२ सहनटोल बस्ने ९०वर्षीय प्रेमलाल सहनी सोही गाउँपालिका-३ स्थित खोलामाशनिबार मृत अस्थामा फेला पारेका छन् ।

सुर्त, बराहताल गाउँपालिका-४ साजघाटरिङाउस्थित भेरी नदको किनारामा दैलेख चामुण्डा बिन्द्रासैनीगरपालिका-२ घर भएका २९ वर्षीय हिम बहादुर बिष्‍ट शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।