अवैध लागूऔषध सहित सात जना पक्राउ

अवैध लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं, २० फागुन  

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानुभाबर बस्ने २३ वर्षीय ईमान सिंह घलान र सोही गाउँपालिका-२ सुनासौरा बस्ने २३ वर्षीय रामचन्द्र घलान रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख ७१६५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ चाईना मार्केटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम १ सय ४० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया थाना फारबिसगंज७ बस्ने २८ वर्षीय अर्जुन मल्लिक, बिराटनगर महानगरपालिका-१७ बस्ने १९ वर्षीय साईनम गुरङ लेटाङ नगरपालिका-३ बस्ने ४० वर्षीय नबिन तामाङ रहेका छन् । लाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो ाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त दा सहित पक्राउ गरेको हो

जुम्ला, चन्दननाथ नगरपालिका५ जुगार्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २० वर्षीय लक्की परियार र २३ वर्षीयप्रबिण परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाटखटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)