कविता : दौरा सुरुवाल, हाम्रो पहिचान – मात्रिक छन्द – दामोदर भट्ट

कविता : दौरा सुरुवाल, हाम्रो पहिचान – मात्रिक छन्द – दामोदर भट्ट

लाउँछु म दौरा सुरुवाल,
ढाका टोपी शान।
मेरो आफ्नै लय छ यहाँ,
मेरो आफ्नै गान।

हिमाल जस्तै उचो मन,
अटल मेरो अडान।
मेचीदेखि महाकाली,
एकै हाम्रो थान।

माटोको सुगन्ध बोकी,
मुटुमा सम्मान।
पसीनाले लेख्छु भाग्य,
मेहनत मेरो प्राण।

सगरमाथा सपना बोकी,
आकाश छुने चाह।
देशमाथि आँच नआओस्,
त्यही मेरो राह।

गुराँस फुले पहाडमा,
लाली झैँ विश्वास।
रगतभित्र देश बस्छ,
अमर मेरो श्वास।

लाउँछु म दौरा सुरुवाल,
गर्वित मेरो चाल।
मै हुँ नेपाली सधैं,
राष्ट्र मेरो शिरको ताज।


[लेखक : दामोदर भट्ट (प्रमाण) – सि. ई. ओ. –  मिडिया ठाँटी प्रा. लि. / प्रधान सम्पादक – ठाँटी खबर]