आजको राशिफल: १५ वैशाख २०८३, मंगलवार

आजको राशिफल: १५ वैशाख २०८३, मंगलवार

आजको मिति: १५ वैशाख २०८३, मंगलवार (२८ अप्रिल २०२६) । नेपाल संवत् ११४६।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन राम्रो छ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। व्यापार व्यवसायमा सोचेभन्दा बढी लाभ मिल्नेछ। पारिवारिक सुख र शान्ति छाउनेछ। नयाँ लगानीका लागि समय उपयुक्त छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला। आर्थिक लेनदेनमा सतर्क रहनुपर्नेछ। आफन्तसँगको सम्बन्धमा केही चिसोपन आउन सक्छ। संयम भएर अघि बढ्नु राम्रो हुन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

रमाइलो यात्राको योग रहेको छ। सामाजिक कार्यमा रुचि बढ्नेछ र मान-सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्धमा निकटता आउनेछ। विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता मिल्ने दिन छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

आज शत्रुहरू परास्त हुनेछन्। रोकिएको धन फिर्ता आउन सक्छ। आँटेका कामहरू समयमै सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। नोकरीमा पदोन्नति वा प्रशंसा मिल्ने सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे)

बौद्धिक कार्यमा सफलता मिल्नेछ। नयाँ मित्रहरू बन्नेछन्। सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइएला। कला र साहित्यको क्षेत्रमा लागेकाहरूका लागि आजको दिन निकै फलदायी रहनेछ।

कन्या (पा, पी, पू, ष, ण, ठ, पे, पो)

घरायसी विवादले मन केही चिन्तित रहन सक्छ। अनावश्यक खर्च बढ्नाले आर्थिक तनाव हुनसक्छ। बोलीमा नियन्त्रण राख्नुहोला। सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनु पर्नेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)

दाजुभाइ तथा दिदीबहिनीबाट सहयोग मिल्नेछ। हिम्मतले काम गर्दा सफलता हात पर्नेछ। छोटो दुरीको यात्रा फलदायी हुनेछ। उद्योग र व्यापारमा विशेष सफलताको योग छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

आर्थिक लाभको बलियो सम्भावना छ। मिठो भोजन र विलासिताका वस्तुहरू प्राप्त हुनेछन्। बोल्दा विचार पुर्याउनुहोला, तर काममा भने सफलता मिल्नेछ। धन सञ्चयको अवसर प्राप्त होला।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढ, भे)

तपाईंको आत्मविश्वास बढ्नेछ। नयाँ कार्यको थालनी गर्न आजको दिन उत्तम छ। समाजमा प्रतिष्ठा बढ्नेछ। पारिवारिक भेटघाटले मन हर्षित बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)

आज खर्च बढ्ने दिन छ। अनावश्यक यात्रा र दौडधुपले शरीर थकित हुन सक्छ। काममा केही ढिलासुस्ती हुनसक्ने भएकाले धैर्य रहनुहोला। वैदेशिक क्षेत्रका कामहरू भने सुचारु हुनेछन्।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)

लामो समयदेखि रोकिएको काम बन्नेछ र आर्थिक स्रोतहरू बढ्नेछन्। साथीभाइको सहयोगले ठुलो उपलब्धि हासिल हुनेछ। ईच्छाएको वस्तु खरिद गर्ने अवसर मिल्नेछ। दिन लाभदायक छ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

आज कार्यक्षेत्रमा तपाईंको वर्चस्व रहनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। सरकारी काममा सफलता मिल्नेछ। बुवा वा अभिभावकको सहयोगले कुनै विशेष योजना सफल हुने देखिन्छ।