पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

मकवानपुर, १९ चैत

ईन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित कुलेखानी खोला नजिकै पानी जमेको दहमा डुबेर ३ जनाको सोमबार साँझमृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने सुन्दर आचार्यको छोरा वर्षीय सुशान्त आचार्य, काभ्रे नमोबुद्ध नगरपालिका-१० फुलबारी दाप्चा घर भएका उमेश घोरासैनीको छोरा १४ वर्षीय प्रवेश घोरासैनी र उनकै भाई ११ वर्षीय प्रभाघोरासैनी रहेका छन् ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनीहरूको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)