प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
काठमाडौं, ठाँटी खबर । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरूलाई राहत दिने उद्देश्यले व्यतीत भएका बीमालेख नवीकरणमा विलम्ब शुल्क (पेनाल्टी) मा ७५ प्रतिशतसम्म छुट दिने विशेष योजना सार्वजनिक गरेको छ।
समयमै बीमाशुल्क भुक्तानी हुन नसकी व्यतीत भएका बीमालेखलाई पुनः सक्रिय गराउन कम्पनीले यस्तो विशेष छुट योजना ल्याएको हो। यस योजनाले लामो समयदेखि नवीकरण हुन नसकेका बीमालेखलाई पुनः सञ्चालन गरी बीमितको आर्थिक तथा पारिवारिक सुरक्षा निरन्तर राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार तोकिएको प्रक्रिया पूरा गरी व्यतीत बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ। आर्थिक कारण वा अन्य परिस्थितिले गर्दा समयमै बीमाशुल्क तिर्न नसकेका बीमितका लागि यो योजना बीमालेख पुनः सक्रिय गर्ने महत्वपूर्ण अवसर बनेको छ।
तर, उक्त विशेष छुट योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। योजनाको लाभ लिन अब मात्र ३ दिन बाँकी रहेको छ। बीमितहरूले भाद्र ३१ गतेभित्र आफ्नो व्यतीत बीमालेख नवीकरण गराइसक्नुपर्नेछ।
कम्पनीले आफ्ना सम्पूर्ण बीमितहरूलाई यो अवसरको सदुपयोग गर्दै समयमै व्यतीत बीमालेख नवीकरण गर्न आग्रह गरेको छ। बीमालेखलाई निरन्तरता दिँदा बीमित स्वयं तथा परिवारको भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम व्यवस्थापनमा समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ।
विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुटको यो अवसर गुम्न नदिन इच्छुक बीमितहरूले निर्धारित समयभित्रै आफ्नो बीमालेख नवीकरण गर्न सक्नेछन्।



प्रतिकृया दिनुहोस्