आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

बर्दिया, बर्दियाको गेरुवा गाउँपालिकामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

गेरुवा गाउँपालिका–५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यलाई आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा प्रहरीले गएराति पक्राउ गरेको हो।

प्रहरीका अनुसार सरगमले कुटपिट गर्दा टेकराजको मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाको वास्तविक कारण तथा परिस्थितिबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।