दुई जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु

दुई जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं, ललितपुर र चितवनमा छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

ललितपुरको बागमती गाउँपालिका–१, घुसेल निवासी ४० वर्षीय दिनेश लो आफ्नै घरमा विद्युत् जडित भुसा काट्ने मेसिन सञ्चालन गर्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, चितवनको भरतपुर महानगरपालिका–११, शान्ति टोल निवासी ७२ वर्षीया कृष्णकुमारी सेन आफ्नै घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

विद्युत् उपकरण प्रयोग गर्दा सुरक्षा मापदण्ड अपनाउन र वर्षायाममा विशेष सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।