रूपन्देहीमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर ४० वर्षीय पुरुषको मृत्यु

रूपन्देहीमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर ४० वर्षीय पुरुषको मृत्यु

रूपन्देही, रूपन्देहीको तिलोत्तमा नगरपालिकामा घरमा विद्युत् वायरिङ गर्ने क्रममा करेन्ट लाग्दा एक पुरुषको मृत्यु भएको छ।

प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–११ देवीनगरमा बस्दै आएका अर्घाखाँची घर भएका ४० वर्षीय कृष्ण पन्थी तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरस्थित मधुसुधन पन्थीको घरमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उपचारका लागि तत्काल क्रिमसन अस्पताल, मणिग्राम लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।