वन्यजन्तु छाला तस्करी मुद्दाका फरार अभियुक्त पक्राउ

वन्यजन्तु छाला तस्करी मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं, संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद–बिक्री मुद्दामा संलग्न रही फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने, रसुवा उत्तरगया गाउँपालिका–९ घर भएका ३८ वर्षीय टेकबहादुर तामाङरहेका छन्।

प्रहरीका अनुसार उनी यसअघि उक्त मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा मा रहेका थिए। तर २०८२ भदौ २४ गते भएको आन्दोलनका क्रममा कारागारबाट भागेर फरार भएका थिए।

फरार अवस्थामा रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट खटिएको टोलीले तारकेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।

कारबाही अघि बढाइयो

पक्राउ परेका तामाङलाई थप कानुनी प्रक्रिया तथा आवश्यक कारबाहीका लागि पुनः केन्द्रीय कारागार सुन्धारा, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

वन्यजन्तु अपराध तथा अवैध व्यापार नियन्त्रणमा प्रहरीको निगरानी र कारबाही निरन्तर कडा पारिएको छ।